दफा १o३ण
नियमनकारी अवसर -रेगुलेटरी अपरच्यूनिटी) को दुरूपयोग गर्न नहुने
: (१) प्राधिकरणका अध्यक्ष तथा सदस्य, प्राधिकरणका कर्मचारी, सहकारी संस्थाको लेखा परीक्षण गर्ने लेखा परीक्षक वा प्राधिकरणसँग करार गरी काम गर्ने व्यक्ति, फर्म वा-कम्पनीका कुनै पनि व्यक्तिले आफ्नो पदीय हैसियतमा वा प्राधिकरणको तर्फबाट ८ कार्य सम्पादन गर्दा निजको जानकारीमा आएको कुनै गोप्य सूचना कानून बमोजिम उपलव्ध गराउनु पर्ने अवस्थामा बाहेक अन्य कुनै व्यक्ति वा संस्थालाई उपलव्ध गराउन हुँदैन।

(२) उपदफा (१) बमोजिमका पदाधिकारीले पदीय हैसियतमा कार्य सम्पादन गर्दा निजको जानकारीमा आएको कुनै गोप्य सूचना निज वा निजको परिवारको कुनै सदस्यको लाभ, सुविधा, सहुलियत बा फाइदाको लागि प्रयोग गर्न वा गराउन हुँदैन ।

(३) प्राधिकरणका अध्यक्ष, सदस्य, प्राधिकरणका कर्मचारी, प्राधिकरणले सूचीकृत गरेका लेखा परीक्षक वा प्राधिकरणसँग करार गरी काम गर्ने व्यक्ति, फर्म वा कम्पनीका कुनै पनि व्यक्तिले आफ्नो पदीय हैसियतमा वा प्राधिकरणको तर्फबाट कुनै काम गर्दा आफू, आफ्नो परिवार वा अरू कसैलाई कुनै किसिमको लाभ, सुविधा, सहुलियत वा फाइदा लिन दिन हुँदैन।

(४) कसैले यस दफाको प्रतिकूल हुने गरी कुनै काम गरेमा निजले पदीय दायित्व अनुरूप काम नगरेको मानी प्रचलित कानून बमोजिम कारबाही हुनेछ।